आइतबार, कार्तिक १६ गते २०८३
images
images

ओली पुगे महाधिवेशन स्थल

एक्सप्रेस पाना
आश्विन १५, २०७८ शुक्रबार
  • 395
    SHARES
  • ओली पुगे महाधिवेशन स्थल

    असोज १५ काठमाडौं । एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विधान महाधिवेशनस्थल गोदावरीको सनराइज हल पुगेका छन् । सातदोबाटोबाट कार्यकर्ताको स्कर्टिङ्गसहित ओली आफ्नो पुरानो सैलीमा हात हल्लाउँदै अधिवेशनस्थल पुगेका हुन् । 

    images

    निर्धारित समयभन्दा केही ढिला पुगेका ओलीसँगै केन्द्रीय पदाधिकारीहरू महाधिवेशन हल प्रवेश गरेका छन् । ओली पुग्नुअघि सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिहरू ‘नेकपा एमाले प्रथम विधान’ लेखिएको ठूलो पोस्टर र केपी ओलीको पूर्णकदको फोटोसहितको ठूलो पोष्टरमुनि बसेर सेल्फी खिचिरहेका छन् ।