शनिबार, भाद्र २७ गते २०८३
images

देशका ७२ जिल्लामा डेंगी संक्रमण पुष्टि

एक्सप्रेस पाना
आषाढ ३, २०८१ सोमबार
  • 328
    SHARES
  • देशका ७२ जिल्लामा डेंगी संक्रमण पुष्टि

    काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशका ७२ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ । सन् २०२४ को सुरुदेखि जुन दोस्रो सातासम्म सो जिल्लामा संक्रमण पुष्टि भएको  (ईडीसीडी)ले जनाएको हो । 

    images

    ईडीसीडीका अनुसार सो जिल्लामा एक हजार १७५ जनामा संक्रमण देखिएको हो । जुन महिनाका १५ दिनमा (१ देखि १५ जुनसम्म) देशभर ९३ जना डेंगी संक्रमित थपिएका छन् । 

    यो वर्ष (जनवरीयता) वाग्मती प्रदेशमा सबैभन्दा धेरै ४०३ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १२२ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । 

    images

    यस्तै, झापामा १११ जनामा डेंगी पुष्टि भएको छ । चितवनमा ७४, मकवानपुरमा ५८ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

  • सम्बन्धित विषय:

  • # डेंगी संक्रमण