आइतबार, कार्तिक १६ गते २०८३
images
images

दुग्ध किसानहरुको भुक्तानी तत्काल गर्न प्रमुख सचेतक बर्तौलाको आग्रह

एक्सप्रेस पाना
आषाढ ५, २०८१ बुधबार
  • 316
    SHARES
  • दुग्ध किसानहरुको भुक्तानी तत्काल गर्न प्रमुख सचेतक बर्तौलाको आग्रह

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुग्ध किसानहरुको भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

    images

    बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दुग्ध किसानहरुले पाउने भुक्तानी सरकारले तत्काल उपलब्ध गराउनुपर्ने बताएका हुन्।

    उनले संविधानबमोजिम शान्तिपूर्ण ढंगबाट आफ्ना मागहरु लिएर आन्दोलन गरिरहेका किसानहरुमाथि प्रहरीले हस्तक्षेप गर्नु उचित नभएको बताए। उनले किसानहरुको जायज मागलाई अविलम्व सम्बोधन गरी दूधको रकम भुक्तानी गर्न सरकारले ढिलाइ गर्न नहुने बताए।

    images

    उनले दूध किसानहरुले दुध बेचेको पैसा सरकारबाट २ अर्ब र निजी डेरीबाट करिब ३ अर्ब रहेको भन्दै उक्त रकम तत्काल उपलब्ध हुनुपर्ने बताए।

    उनले भने, ‘संविधानबमोजिम शान्तिपूर्ण ढंगबाट आफ्ना मागहरु लिएर आन्दोलन गर्न पाउने त्यो नागरिकहरुको अधिकार हो। संवैधानिक हकको अधिकार हो। यो देशका झन्डै ६ लाखभन्दा बढी किसानले विशेष गरी दूध किसानहरुले आफूले बेचेको दूधको रकम भुक्तानी पाऊँ भनेर आजदेखि काठमाडौंमा आन्दोलन शुरु गर्नुभएको छ। किसानहरुको जायज माग छ। उहाँहरुको न्यायोचित विषय छ। उहाँहरुले दुध बेच्नुभयो। सरकारलाई बेच्नुभयो, निजी व्यक्तिहरुलाई बेच्नुभयो। सरकारबाट झन्डै २ अर्ब किसानहरुले रकम प्राप्त गर्नुपर्नेछ। निजीबाट झन्डै ३ अर्ब छ। ६ लाख किसानहरुको दुधको रकम झन्डै ६ अर्ब राज्यबाट वा निजी डेरीबाट प्राप्त गर्नुपर्नेछ। उहाँहरु भुक्तानी नपाउँदा पीडित हुनुहुन्छ। दुधको भुक्तानी वक्यौता अविलम्व प्राप्त गराइयोस्। भुक्तानी गरियोस्।’

  • सम्बन्धित विषय:

  • # महेश बर्तौला