आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतीय ब्रेकफास्टको एउटा तस्विर जसले ततायो ट्विटरमा बहस

एक्सप्रेस पाना
आश्विन १५, २०७८ शुक्रबार
  • 301
    SHARES
  • भारतीय ब्रेकफास्टको एउटा तस्विर जसले ततायो ट्विटरमा बहस

    एजेन्सी । भारतीय ब्रेकफास्टको एउटा तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्विरले ट्विटरमा भारतमा खानासम्बन्धी रमाइलो बहस ब्यूँताएको  छ ।  

    images

    तस्विरमा इड्ली (उसिनेको चामलको गोलाकार केक) लाई आइसक्रिमको छेस्कोमा (बरफजस्तै) झुन्डाएर दाल र तरकारीको मिश्रण साम्बरमा चोबिएको देखिन्छ । 

    दक्षिण भारतीय वेंग्लोर ब्रेकफास्टको ‘नयाँ सृजना’लाई केहीले मन पराएका छन् भने कोही त्यो देखेर आफूलाई डर लागेको प्रतिकृया दिएका छन् ।

    images

    दक्षिणी सहर वेंग्लोरको एउटा होटेलमा सो तस्विर खिचिएको बताइएको छ । 

    भारतीय कम्पनीहरूको समूह महिन्द्रा एन्ड महिन्द्राले सो तस्विर ट्विट गर्दै खानेकुरा बनाउने ‘सृजना’ बारे सर्वसाधरणको राय मागेको छ ।  

    ‘भाारतको आविश्कारको राजधानी वेंग्लोरलाई अप्रत्यासित सृजना प्रदर्शन गर्नबाट कसैले रोक्न सकिदैन् । छेस्कोमा झुन्डाइएको इडलीलाई साम्बर र चट्नीमा डुबाइएको छ । यसको पक्ष–विपक्षमा को को हुनुहुन्छ ?’ अनौठो खानाको सो तस्विर पोस्ट गर्दै महिन्द्राको तर्फबाट लेखिएको छ । 
     
    भर्चुअलसिड नामका एक प्रयोगकर्ताले नयाँ प्रयोगलाई  ‘पागलपनको पराकाष्ठ’ बताएका छन् । 

    त्यस्तै, लेफटिनेन्ट होरासियो नामको अकाउन्टमा अर्का प्रयोगकर्ताले तस्विरमा उल्लेख गरिएको खानेकुरा खान सहज भएको टिप्पणी गरेका छन् । ‘न चम्चाको चाहिने न त हात नै प्रयोग गर्न पर्ने ।’ उनले लेखेका छन् । 

    अर्का एक प्रयोगकर्ताले वेंग्लोरमा नयाँ खानेकुराको प्रयोग हुन थालेको बताएका छन् । उनी भन्छन्, ‘इडली कसरी आईसक्रिमसँग जोडिन पुग्यो ? अनौठो लाग्यो । वेंग्लोर र यहाँको खानेकुरा सधै पर्यावाचाी बनेका छन् ।’