आइतबार, कार्तिक १६ गते २०८३
images
images

ओली अस्वस्थ : राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दागर्दै बीचमै छाडे

एक्सप्रेस पाना
आश्विन १५, २०७८ शुक्रबार
  • 545
    SHARES
  • ओली अस्वस्थ : राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दागर्दै बीचमै छाडे

    असोज १५ काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जारी प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रस्तुत गर्न बीचमै छाडेर शंकर पोखरेललाई जिम्मेवारी दिएका छन् । 

    images

    गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा जारी  प्रथम विधान महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहँदा अस्वस्थताको कारण देखाउँदै बीचमै छाडेका हुन् । 

    ‘रुघाखोकीका कारण मलाई असहज भइरहेको छ । राजनीतिक प्रतिवेदन लामो पनि छ’, ओलीले भने, ‘म राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न नेता शंकर पोखरेललाई जिम्मेवारी दिन्छु ।’ 

    images

    अध्यक्ष ओलीले बीचमै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न छाडेर जिम्मेवारी दिएपछि अहिले नेता पोखरेलले अध्यक्षकोतर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।