आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेपालमा उत्पादित अलैंचीलाई विश्व बजारमा निर्यात गर्न आवश्यक छ :सभामुख घिमिरे

एक्सप्रेस पाना
आषाढ १०, २०८१ सोमबार
  • 455
    SHARES
  • नेपालमा उत्पादित अलैंचीलाई विश्व बजारमा निर्यात गर्न आवश्यक छ :सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालमा उत्पादित अलैंचीलाई विश्व बजारमा निर्यात गर्न सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको बताएका छन् ।

    images

    सोमवार ललितपुरमा आयोजित ‘अलैंचीबारे वर्तमान स्थिति अवसर र चुनौती’ विषयक राष्ट्रिय सम्मेलनमा बोल्दै सभामुख घिमिरेले नेपाली अलैंचीको बजार सुनिश्चित नभएकाले सरकारले विदेश निर्यातको लागि पहल गर्न आवश्यक रहेको बताएका हुन् ।

    उनले नेपालमा उत्पादित अलैंची भारतमा निर्यात हुने तर भारतले आफ्नो उत्पादन भन्दै विश्वबजारमा निर्यात गर्ने गरेको बताए । उनले विश्व बजारमा नेपालमा उत्पादित अलैंची सिधै निर्यात गर्ने वातावरण बनाउन सरकारले सहजिकरण गर्न आवश्यक रहेको बताउनु उल्लेख गरे ।

    images

    उनले वयर हाउसहरु बनाउने र अक्सन प्रणालीमा नेपाली अलैंचीको दर रेट तय गरी अक्सन हाउसको रुपमा विकास गर्न जरुरी रहेको बताए । 

    अलैंचीको रोगहरुलाई हटाउने र प्लानटेशनहरु गरी विरुवालाई उत्पादनमुखी बनाउन सकेको खण्डमा असन्तुलित बजारलाई सन्तुलनमा ल्याउने र निर्यात गर्दा विदेशी मुद्रा आर्जन समेत हुने उनको भनाइ छ । 

    उनले अलैंचीमा लाग्ने रोगको सरकारले पहिचान गर्न आवश्यक रहेको बताए ।