आइतबार, कार्तिक १६ गते २०८३
images
images

यस्ता छन् एमालेका ११ वैचारिक आधार

एक्सप्रेस पाना
आश्विन १५, २०७८ शुक्रबार
  • 439
    SHARES
  • यस्ता छन् एमालेका ११ वैचारिक आधार

    असोज १५ काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदनमा पार्टीको वैचारिक आधार पनि उल्लेख गरेका छन् । उनले माक्र्सवाद–लेनिनवाद र जनताकोबहुदलीय जनवादको वैचारिक मार्गदर्शनलाई पार्टीको मुख्य वैचारिक आधार उल्लेख गरेका छन् । 

    images

    ‘कम्युनिस्ट पार्टी स्वेच्छिक रूपले सामाजिक परिवर्तनमा समर्पित हुन तत्पर, त्यसका लागि आवश्यक पर्दा बलिदान दिन तयार तथा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणबाट दीक्षित व्यक्तिहरूको अनुशासित, सचेत र स्वयंसेवी संस्था हो । त्यसैले पार्टी संरचना प्राविधिक विषय होइन,’ ओलीले लेखेका छन् ।

    उनले पार्टी निर्माणका वैचारिक आधार ११ वटा प्रस्तुत गरेका छन् । यी हुन् ओलीले उल्लेख गरेका वैचारिक आधार :

    images

    – माक्र्सवाद–लेनिनवाद र जनताकोबहुदलीय जनवादको वैचारिक मार्गदर्शन

    – द्वन्द्वात्मक-ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोण

    – श्रमजीवी वर्ग पक्षधरता

    – देशभक्तिपूर्ण भावनाका साथ देश र जनताकोपक्षमा निरन्तर क्रियाशीलता

    – राष्ट्रिय पुँजी निर्माण

    – प्रगतिशील उत्पादक शक्तिको विकास

    – स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको स्थापना

    – जनताको बहुदलीय जनवादको कार्यान्वयन तथा समाजवादका आधार निर्माणको कार्यदिशा

    – संसारभरका श्रमजीवी तथा शान्तिप्रेमी जनताको आन्दोलनप्रतिको ऐक्यवद्धता एवं विश्व मानवतावादको पक्षधरता

    – दक्षिणपन्थी र उग्रवामपन्थी आवरणमा देखा पर्ने अवसरवाद विरुद्धको सतत् वैचारिक संघर्ष

    – अनुभवको निरन्तर विश्लेषण र संश्लेषणका माध्यमबाट नेपाली क्रान्तिका सिद्धान्तको विकास प्रयोग गर्दै अघि बढ्ने ।