आइतबार, कार्तिक १६ गते २०८३
images
images

शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी छ:सभामुख घिमिरे

एक्सप्रेस पाना
आषाढ १४, २०८१ शुक्रबार
  • 349
    SHARES
  • शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी छ:सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताएका छन् । 

    images

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि नेपालमा शिक्षा व्यवहारिक हुन नसकेको बताए ।

    उनले सभामुख घिमिरेले शिक्षाले समाजलाई परिवर्तन गर्ने भन्दै शिक्षालाई दर्शन सिक्ने ठाउँको रूपमा विकास गर्नुपर्ने धारणा राखे ।

    images

    उनले नेपालको शिक्षा नेपाली जनजीवन, नेपाली समाजको जीवनमा आधारित भइ प्राकृतिक स्रोत साधनको सदुपयोग गर्ने सन्दर्भमा केन्द्रित हुनुपर्ने बताए । उनले समयानुसारको पाठ्यक्रम निर्माण गरी दक्ष शिक्षकहरूबाट विद्यार्थीलाई शिक्षित बनाउनुपर्ने बताए । 

    सभामुख घिमिरेले विचारबाट समाजलाई परिवर्तन गर्ने वैज्ञानिक शिक्षा विद्यार्थीलाई सिकाउन आवश्यक रहेको बताए । उनले अहिलेको शिक्षालाई वैज्ञानिक शिक्षा नीतिमा लैजानुपर्ने धारणा राखे ।

  • सम्बन्धित विषय:

  • # देवराज घिमिरे