काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास गएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता समीकरण गर्ने सहमति भएपछि दाहलशीतल निवास गएका हुन् ।
प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराउने बताइएको छ ।
शीतल निवास जानुअघि दाहाल ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।
.jpg)


