शनिबार, भाद्र २७ गते २०८३
images

७३ जिल्लामा फैलियो डेंगी संक्रमण,काठमाडौंमा सबैभन्दा धेरै संक्रमण

एक्सप्रेस पाना
आषाढ २०, २०८१ बिहीबार
  • 385
    SHARES
  • ७३ जिल्लामा फैलियो डेंगी संक्रमण,काठमाडौंमा सबैभन्दा धेरै संक्रमण

    काठमाडौं । बर्षायाम सुरुभएसंगै डेंगी संक्रमण बढ्दो रुपमा फैलिएको छ ।

    images

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार ७३ जिल्लामा डेंगी संक्रमण फैलिएको छ । जनवरीयता जुलाई ३ सम्म देशभर एक हजार ४३२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । 

    जुनमा सबैभन्दा धेरै ३१७ संक्रमित थपिएका छन् भने त्यसअघिका महिनामा संक्रमितको संख्या तीन सयभन्दा कम थियो । जुलाईका तीन दिनमा मात्रै २३ संक्रमित थपिएको ईडीसीडीको तथ्यांक छ ।  

    images

    जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ४८२ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १५९ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । 

    यस्तै, झापामा १२० जनामा डेंगी पुष्टि भएको छ । चितवनमा ८३, मकवानपुरमा ६५ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

  • सम्बन्धित विषय:

  • # डेंगी संक्रमण