शनिबार, भाद्र २७ गते २०८३
images

सरकारले राख्यो ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूचीमा

एक्सप्रेस पाना
आषाढ २३, २०८१ आइतबार
  • 275
    SHARES
  • सरकारले राख्यो ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूचीमा

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ।

    images

    सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूचीमा राखेको हो।

    सङ्क्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्सेफ्लाइटिस, हैजा, धनुष्टङ्कार, एचआईभी, हात्तिपाइले स्क्रब टाइफस, कालाजार, रुबेलालगायतका रोगहरु रहेका छन्।

    images

    सङ्क्रामक रोग विशेषज्ञ डा अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचीकृत गरिएको बताए। उनले ती रोगले हुन सक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुन अनुसार सूचीकृत गरिएको जानकारी दिए ।