काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक राजनीतिक दलले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् ।
बिहिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए ।
उनले भने, “दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ,” ।
महामन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताबीच भएको सात बुँदे समझदारी पालना गरिने उल्लेख गरे । पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने उनको भनाइ थियो ।


