असोज १७ काठमाडौ - काठमाडौंकाे शंखरापुर नगर समिती सभापतिमा प्रकाशमान सिंह निकट दिलिप कुमार श्रेष्ठकाे प्यानलनै निर्वाचित भएकाे छ।
श्रेष्ठले ८६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत ल्याए । त्यस्तै उपसभापतिमा श्रेष्ठकै प्यानलका मिलन खड्का ८६ र अमित प्रधान ८२ मत ल्याएर विजयी भए । सचिवमा रन बहादुर तामाङ र स्वयम्भूलाल श्रेष्ठ विजयी भए । सहसचिवमा वसन्त थिङ र श्रीराम लामिछानेले जिते । उता बुढानिलकण्ठ नगरपालिकामा पनि सिंह निकट राजाराम थापा निर्वाचित भएका छन
.jpg)

