आइतबार, कार्तिक १६ गते २०८३
images
images

पञ्चा सिंह अखिल क्रान्तिकारीकी पहिलाे महिला अध्यक्ष

एक्सप्रेस पाना
आश्विन १७, २०७८ आइतबार
  • 430
    SHARES
  • पञ्चा सिंह अखिल क्रान्तिकारीकी पहिलाे महिला अध्यक्ष

    असोज १७ काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छन् । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले अध्यक्ष चयन गर्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको थियो ।

    images

    प्रचण्डसहित अखिल क्रान्तिकारीका विद्यार्थीहरू सहभागी भएको बैठकले आइतबार बिहान अध्यक्षमा पञ्चा सिंहलाई चयन गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका नेता रत्न ढकालले जानकारी दिए । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।

    अखिल क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेतको पनि दाबी थियो ।

    images