बुधबार, भाद्र २४ गते २०८३
images

डिजिटल भुक्तानी प्रणालीमा प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सम्झौता

एक्सप्रेस पाना
श्रावण ३, २०८१ बिहीबार
  • 410
    SHARES
  • डिजिटल भुक्तानी प्रणालीमा  प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सम्झौता

    काठमाडौं । प्रभु बैंक र पोखराको एवन ग्रेटर नेपाल यातायातबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ । 

    images

    सम्झौतापछि ट्याक्सी व्यवसायीहरूले प्रभु बैंकमा रहेको खाताबाट सहजरूपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेसनबाटै प्राप्त गर्न सक्ने भएका छन् ।

    विभिन्न बैंक र वित्त तथा अन्य गेट–वेमार्फत रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातयातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणलीमा आबद्ध गराउन प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायात बुधबार सम्झौता भएको हो ।

    images

    सम्झौतामा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा एवन ग्रेटर नेपाल यातायातको तर्फबाट अध्यक्ष अर्जुन पौडेलले हस्ताक्षर गरे ।

    विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरूले ट्याक्सी चालकहरूसँग रहेको प्रभु बैंकले उपलब्ध गराएको क्यूआरमार्फत बिना झन्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

    प्रभु बैंकका गण्डकी प्रदेशका प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनको विशेष उपस्थितिमा सम्झौता भएको हो ।

    व्यवसायमा आबद्ध २०० भन्दा बढी ट्याक्सी चालकहरूका लागि बैंकको तर्फबाट क्यूआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्री उपलब्ध गराइने बैंकले जनाएको छ ।

    पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय प्रणालीबाट सेवाग्राहीहरू तथा ट्याक्सी व्यवसायीहरूसमेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रभु बैंक