काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगर मुछिएको भिसा अन्तर्वार्ता सिफारिस विषयलाई संसदमा उठाएको छ ।
आइतबार प्रतिनिधीसभा बैठकमा बोल्दैं कांग्रेस सांसद रामहरी खतिवडाले उपसभामुखले मानवतस्करी गर्ने नियतले सिफारिस गरिएको पत्र सार्बजनिक भएको भन्दै यस्तो अवस्थामा उपसभामुखले संसदको नेतृत्व गर्न मिल्छ की मिल्दैन भने प्रश्न उठेको बताएका हुन्।
उनले उपसभामुख रानामगरलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न आग्रह गर्दै यो विषयको अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।
उनले भने,"यस्तो अवस्थामा उपसभामुखले संसद्को कमान्ड गर्न सुहाउँछ कि सुहाउँदैन ? यो पत्र कसैलाई थाहा नदिई, कसैलाई पनि चिन्दै नचिनेका, संसद्सँग साइनो नभएका, सुन्नमा आउँछ उपसभामुखको पनि एक जनासँग चिनजान भएको अवस्थामा ५ जनालाई सिफारिस भएको छ । यो कसले किन के प्रयोजनका लागि गरेको हो ? संसद्को मात्र हैन देशको अपमान भयो ।"
उनले संसद र सभामुखलाई भिसाको कन्सल्टेन्सी बनाउन नमिल्ने बताउदै उपसभामुखले राजीनामा दिनु नै उपयुक्त हुने बताए ।
.jpg)


