आइतबार, कार्तिक १६ गते २०८३
images
images

अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्षसहित ६ जना बने माओवादी केन्द्रीय सदस्य

एक्सप्रेस पाना
आश्विन १७, २०७८ आइतबार
  • 242
    SHARES
  • अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्षसहित ६ जना बने माओवादी केन्द्रीय सदस्य

    असोज १७ काठमाडौं । पञ्चा सिंह अखिल (क्रान्तिकारी) अध्यक्ष बनेपछि माओवादी केन्द्रले क्रान्तिकारीका पूर्वअध्यक्षसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको छ । 

    images

    आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको हो ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पञ्चा सिंहलाई क्रान्तिकारीको अध्यक्ष बनाएपछि अरु नेताहरूलाई पार्टी सदस्य बनाएर नेताहरूको व्यवस्थापन गरेका हुन् । 

    images

    पूर्वअध्यक्ष तामाङसहित सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र  विजय गौतमलाई माओवादी केन्द्रको केन्द्रीय सदस्य बनाइएको हो । उनीहरूले आजैका मितिदेखि पार्टी राजनीति सुरु गर्ने भएका छन् ।