आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रभावकारी ढङ्गले मौसमका सूचना प्रवाह गर्न ऊर्जामन्त्री खड्काको निर्देशन

एक्सप्रेस पाना
श्रावण ८, २०८१ मंगलबार
  • 327
    SHARES
  • प्रभावकारी ढङ्गले मौसमका सूचना प्रवाह गर्न ऊर्जामन्त्री खड्काको निर्देशन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीवन सुरक्षित हुनेगरी प्रभावकारी ढङ्गले मौसमका सूचना प्रवाह गर्नुपर्ने बताएका छन् ।

    images

    मंगलबार जल तथा मौसम विज्ञान विभागको निरीक्षणपछि उनले जनताको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखेर विभागले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन् । 

    उनले विकास निर्माणसँगसँगै जलवायु परिवर्तन र यसका असर न्यूनीकरणलाईसमेत ध्यानमा राखी जल तथा मौसम पूर्वानुमानलाई समयसापेक्षित रूपमा परिमार्जित गर्दै अगाडि लैजानुपर्ने बताए ।

    images

    मन्त्री खड्काले भने, "जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराई आ–आफ्ना समस्या छन्, यसको अध्ययन गरेर व्यवहारिक रूपमा जनजीवनमा असर नपर्ने गरी विभाग क्रियाशील हुनुपर्छ "।

    मन्त्री खड्काले कर्मचारीको मूल्याङ्कन कार्यसम्पादनको आधारमा हुने भएकाले कर्मचारीलाई निर्भीक भएर काम गर्न निर्देशन दिए । उनले विभागका समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको बताए ।

     

     

  • सम्बन्धित विषय:

  • # दीपक खड्का