आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेको केन्द्रीय सचिवालय १५ सदस्यीय 

एक्सप्रेस पाना
आश्विन १७, २०७८ आइतबार
  • 292
    SHARES
  • एमालेको केन्द्रीय सचिवालय १५ सदस्यीय 

    असोज १७ काठमाडौं । एमालको केन्द्रीय सचिवालय १५ सदस्यीय हुने भएको छ । तीन दिनदेखि जारी प्रथम विधान महाधिवेशनमा समूहगत नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले अब एमालेको पदाधिकारी १५ जना रहने जानकारी दिएका हुन् । 

    images

    १५ जनाभन्दा बढी पदाधिकारी रहने केन्द्रीय सचिावलय बनाउन नहुने बताउँदै उनले महाधिवेशनमा उठाइएका विषयलाई आत्मसाथ गर्दै पदाधिकारी १५ सदस्यीय बनाएको बताए । 

    उनका अनुसार अध्यक्ष एकजना, वरिष्ठसहित पाँचजना उपाध्यक्ष, महासचिव एकजना, उपमहासचिव एकजना र सचिव सातजना गरी १५ सदस्यीय केन्द्रीय सचिवालय रहनेछ ।   

    images