आइतबार, भाद्र २८ गते २०८३
images

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

एक्सप्रेस पाना
श्रावण १०, २०८१ बिहीबार
  • 415
    SHARES
  • शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने जनाएको छ । 

    images

    शुक्रबार बस्ने सञ्चालक समितिको बैठकबाट पारित भएपछि मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको हो । 

    ‘कार्यविधिमा आर्थिक वर्ष सकिएको १५ दिनभित्र मौद्रिक नीति ल्याइने भन्ने उल्लेख भएकाले पनि साउन १५ गतेभित्र मौद्रिक नीति ल्याइसक्नु पर्ने हुन्छ । यसभन्दा  पहिला राष्ट्र बैंकले साउनको पहिलो साता मौद्रिक नीति ल्याउने गरेको थियो ।

    images

    यस पटकको मौद्रिक नीति कस्तो आउला भन्ने सबैले चासोका साथ हेरिरहेका छन् । शेयर बजारका लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका छन् भने निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ हेरिरहेका छन्।

     

  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक