काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या एक हजार ८०० नाघेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार जनवरीयता जुलाई २२ सम्म एक हजार ८२५ जनामा संक्रमण देखिएको छ । जुलाईका २२ दिनमा ३३९ संक्रमित थपिएका हुन् ।
वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५९३ जनामा संक्रमण देखिएको छ भने जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २०९ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
यस्तै, झापामा १२९, चितवनमा ९३, मकवानपुरमा ७४, तनहुँमा ५९, ओखलढुंगामा ५७, धनकुटामा ५७, भोजपुरमा ५४, काभ्रेमा ५१, कास्कीमा ५० जनामा डेंगी पुष्टि भएको छ । अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।


