आइतबार, कार्तिक १६ गते २०८३
images
images

७४ वर्षसम्म ओली एमालेको अध्यक्षमा रहन पाउने

एक्सप्रेस पाना
आश्विन १७, २०७८ आइतबार
  • 244
    SHARES
  • ७४ वर्षसम्म ओली एमालेको अध्यक्षमा रहन पाउने

    असोज १७ काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले दोस्रो कार्यकाल पनि उठ्न पाउने भएका छन् । एमालेले ७० वर्षे प्रावधानलाई निरन्तरता दिँदै त्यससम्बन्धी स्पष्ट व्याख्या गरेको छ ।

    images

    यसअघि ७० वर्ष पूरा भएका नेताले आफू निर्वाचित भएको पदबाट बीचमै राजीनामा दिनुपर्ने थियो । तर, विधान महाधिवेशनले त्यसलाई थप व्याख्या गर्दै ७० वर्ष पूरा नभएसम्म पदाधिकारीमा उठ्न पाउने र आफू निर्वाचित भएको पद पूरै कार्यकाल बिताउन पाउने व्यवस्था गरिएको छ ।

    यस आधारमा अब केपी ओलीलाई फेरि अध्यक्षमा उठ्न विधानले रोक्ने छैन । ओली अहिले ६९ वर्षका छन् । महाधिवेशनका हुँदाका बखत उनी ७० वर्ष पनि पुग्ने छैनन् । त्यसैले उनले पूरै कार्यकाल अध्यक्षमै रहन पाउने भएका छन् । एमाले उपमहासचिव विष्णु पौडेलले ७० वर्षे प्रावधानलाई व्याख्या गर्दै यसबारे जानकारी गराएका हुन् ।

    images

    एउटै व्यक्ति सोही पदमा दुईपटकभन्दा बढी उम्मेदवारी दिन नपाउने विधानमा व्यवस्था गरिएको छ ।