बुधबार, भाद्र २४ गते २०८३
images

ग्लोबल आईएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

एक्सप्रेस पाना
श्रावण १०, २०८१ बिहीबार
  • 294
    SHARES
  • ग्लोबल आईएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

    काठमाडौं । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्।

    images

    बैंकको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले रेग्मीलाई भदौ १ देखि लागू हुने गरी सीईओ नियुक्त गरेको हो। 

    रेग्मीले २००८ मा ग्लोबल आईएमई बैंकसँग जोडिएका थिए। उनी बैंकमा चिफ क्रेडिट अफिसर, चिफ अपरेटिङ अफिसर र चिफ बिजनेस अफिसरको भूमिका निर्वाह गरिसकेका छन्। 

    images

    बैंकमा हाल रत्नराज्य बज्राचार्य सीईओ रहेका छन्। उनको कार्यकाल सकिएसँगै भदौ १ देखि रेग्मीले आफ्नो सीईओ कार्यकाल सुरु गर्नेछन्। 

     

     

  • सम्बन्धित विषय:

  • # ग्लोबल आईएमई बैंक
  • # सुरेन्द्रराज रेग्मी