काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ ।
बिहिबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
आज तेजावी सुनको मूल्य पनि ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मुल्य तोलामा २० रुपैयाँ घटेको छ । बिहिबार प्रतितोला १७५० रुपैयाँमा कारोबार भएको चाँदी आज १७३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


