आइतबार, कार्तिक १६ गते २०८३
images
images

अफ्रिकाका यी १२७ वर्षीय व्यक्तिको निधन

एक्सप्रेस पाना
आश्विन १७, २०७८ आइतबार
  • 316
    SHARES
  • अफ्रिकाका यी १२७ वर्षीय व्यक्तिको निधन

    एजेन्सी । उत्तरी अफ्रिकाको एरिट्रियामा १२७ वर्षीय अफ्रिकी व्यक्तिको निधन भएको छ । मृतकका परिवारले नाताबे तिन्सीउको नाममा सबैभन्दा धेरै वर्ष जीवित व्यक्तिको विश्व कीर्तिमान लेखिने अपेक्षा राखेका छन् ।

    images

    उनी यति लामो समय बाँच्नुको कारण धैर्यता, उदारता र आनन्दित जीवनू रहेको उनका नाति जेरे नाताबेले बताएको बीबीसीमा उल्लेख छ। नाताबेको मृत्यु सोमबार ३०० जनसङ्ख्या रहेको गाउँ अजिफामा भएको परिवारले जनाएको छ।

    उनको जन्म दर्ताको अनुसार उनी सन् १८९४ मा जन्मिएको जनाइएको छ । उनले आफ्नो उपस्थितिमा सन् २०१४ मा गाउँलेहरूले उनको १२०औं जन्मदिन मनाएको बताइएको छ।

    images

    बीबीसीका अनुसार नाति जेरेले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सलाई जानकारी गराइसकेको बताएका छन्। अहिलेसम्म सन् १९९७ मा १२२ वर्षको उमेरमा मृत्यु भएकी फ्रान्सेली महिला जीन काल्मेन्टलाई सबैभन्दा धेरै बाँचेका व्यक्ति मानिँदै आएको छ।