शनिबार, भाद्र २७ गते २०८३
images

देशभर ९५५ जनामा डेंगी संक्रमण,७३ जिल्लामा फैलियो संक्रमण

एक्सप्रेस पाना
श्रावण १३, २०८१ आइतबार
  • 250
    SHARES
  • देशभर ९५५ जनामा डेंगी संक्रमण,७३ जिल्लामा फैलियो संक्रमण

    काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या दुई हजार नजिक पुगेको छ । 

    images

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सन् २०२४ जनवरीयता जुलाई २६ सम्म एक हजार ९५५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

    यीमध्ये जुलाईका २६ दिनमा ४६८ संक्रमित थपिएका हुन् । डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।

    images

    वाग्मती प्रदेशमा सबैभन्दा धेरै ६२६ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २२६ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । यस्तै, झापामा १२९, चितवनमा १०२, तनहुँमा ७९, मकवानपुरमा ७५, कास्कीमा ६७, भोजपुरमा ६०, ओखलढुंगामा ५८, धनकुटामा ५८, काभ्रेमा ५५ जनामा डेंगी पुष्टि भएको छ ।

    मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # डेंगी संक्रमण