आइतबार, कार्तिक १६ गते २०८३
images
images

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमतिनजिक छौ :महेश बर्तौला

एक्सप्रेस पाना
श्रावण १४, २०८१ सोमबार
  • 239
    SHARES
  • संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमतिनजिक छौ :महेश बर्तौला

    काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा नेताहरू सहमतिनजिक पुगेका छन् ।

    images

    सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताइएको हो ।

    संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलका सदस्य महेशकुमार बर्तौलाले टीआरसी विधेयक करिब टुंग्याउने चरणमा पुगेको बताएका हुन् । हालसम्मका कार्य र सम्बन्धित निकायसँगका छलफलको समीक्षा र प्रतिवेदन आउँदो बिहीबारभित्र तयार पारिने उनले जानकारी दिए ।

    images

    उनले भने,"अब हामी टीआरसी विधेयक करिबकरिब अब टुंग्याउने चरणमा हामी पुग्यौँ । हामीले बैठक टुंग्याएका छैनौँ । अब दुई दिन अहिलेसम्मको सबै छलफलहरूलाई नियालेर प्रतिवेदन ल्याउँछौँ । पहिलाको मूल ऐन, संशोधन विधेयक, संसदीय समितिको उपसमितिहरूमा वा समितिमा भएका छलफल र हाम्रो संयन्त्रमा छलफल भई डेभलप भएका विषयहरू र सहमतिको वरपर पुगेका विषयहरूलाई पनि कम्पाइल गरेर एकीकृत ढगले ल्याउने कुरा भएको छ । बिहीबार ८ बजे बैठक बसेर त्यो फाइनल डकुमेन्ट हेरेपछि त्यसको आधारमा फिनिसिङ गर्छौँ "। 

    उनले कानुनलाई चाँडोभन्दा चाँडो टुंग्याई यही ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी आफूहरू अघि बढेको जानकारी दिए ।

    कार्यदलको बैठक बिहीबार बिहान ८ बजे पुनः बस्नेछ ।

     

  • सम्बन्धित विषय:

  • # महेश बर्तौला