आइतबार, कार्तिक १६ गते २०८३
images
images

किसानलाई सहुलियत हुने गरी आयोजनालाई अगाडि बढाउनुपर्छ:सिँचाइमन्त्री खड्का

एक्सप्रेस पाना
श्रावण १४, २०८१ सोमबार
  • 318
    SHARES
  • किसानलाई सहुलियत हुने गरी आयोजनालाई अगाडि बढाउनुपर्छ:सिँचाइमन्त्री खड्का

    काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किसानलाई सहुलियत हुने गरी आयोजनालाई अगाडि बढाउनुपर्ने बताएका छन् 

    images

    नवीनतम यान्त्रीक सिँचाइ आयोजनासँग सोमबार मन्त्रालयमा भएको छलफलमा उनले नयाँ आयोजना निर्माण गर्दा किसानलाई कसरी सहुलियत प्रदान गर्न सकिन्छ त्यसबारे सोच्नुपर्ने बताएका हुन् ।  उनले आयोजना अगाडि बढाउन आवश्यक पर्ने लागतको बारेमा अर्थ मन्त्रालयसँग छलफल गर्ने बताए ।

    मन्त्री खड्काले भने, ‘छिमेकी मुलुकले कसरी किसानलाई सिँचाइमा सहुलियत प्रदान गरेका छन्, त्यसबारे अध्ययन गरेर नयाँ आयोजनालाई अगाडि बढाउनुपर्छ,’ ।

    images

    सुरुआतमा सर्लाही र रौतहट जिल्लाको १६ स्थानीय तहको २२ हजार चार सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले आयोजनालाई अगाडि बढाइएको आयोजनाका प्रमुख अजयराज अधिकारीले बताए ।

  • सम्बन्धित विषय:

  • # दीपक खड्का