शनिबार, भाद्र २७ गते २०८३
images

देशभर २ हजार भन्दा बढिमा डेंगी संक्रमण,सबैभन्दा धेरै काठमाडौंमा

एक्सप्रेस पाना
श्रावण १६, २०८१ बुधबार
  • 305
    SHARES
  • देशभर २ हजार भन्दा बढिमा डेंगी संक्रमण,सबैभन्दा धेरै काठमाडौंमा

    काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या २ हजार नाघेको छ ।

    images

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सन् २०२४ जनवरीयता २९ जुलाईसम्म २ हजार ६१ जना संक्रमित भएका छन् ।
     
    जुलाईका २९ दिनमा ५७४ संक्रमित थपिएका हुन् । डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।
       
    वाग्मती प्रदेशमा सबैभन्दा धेरै ६६६ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २४९ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । 

    झापामा १३०, चितवनमा १०५, तनहुँमा ८७, मकवानपुरमा ७८, कास्कीमा ७४, भोजपुरमा ६२, काभ्रेमा ६०, ओखलढुंगामा ५९ र धनकुटामा ५८ जनामा डेंगी पुष्टि भएको छ । 

    images

     मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # डेंगी संक्रमण