आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले विधान महाधिवेशन : गोदावरीमा भेला भएका मास्क बिनाका मार्क्सवादी

एक्सप्रेस पाना
आश्विन १७, २०७८ आइतबार
  • 250
    SHARES
  • एमाले विधान महाधिवेशन : गोदावरीमा भेला भएका मास्क बिनाका मार्क्सवादी

    असोज १७ काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरिएको देखिँदैन । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मास्क अनिवार्य लगाउनु पर्ने भए पनि विधान महाधिवेशनमा सहभागी केहीले लगाएको देखिँदैन । 

    images

    मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने भए पनि महाधिवेशनमा सहभागीहरूले मास्क लगाएका छैनन् । सरकारले अनिवार्य मास्क लगाउन भने पनि यसलाई महाधिवेशनमा सहभागीहरूले बेवास्ता गरेका छन् । 

    कार्यक्रमका क्रममा कसैले कोरोना नियन्त्रणका सुरक्षा मापदण्ड पालना गर्न र गराउन आग्रहसमेत गरिएको छैन् । ६ हजारभन्दा बढी सहभागी महाधिवेशनमा मास्कसमेत लगाएका छ्रैनन् । 

    images