आइतबार, कार्तिक १६ गते २०८३
images
images

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

एक्सप्रेस पाना
श्रावण १८, २०८१ शुक्रबार
  • 406
    SHARES
  • आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

    काठमाडौं । सरकारले साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

    images

    गृह मन्त्रालयका अनुसार आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

    गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै आइतबार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ । 

    images

    जारी गरेको सूचनामा भनिएको छ,“२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८० साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” ।

    bida-1722586911.jpg

     

  • सम्बन्धित विषय:

  • # सार्वजनिक बिदा