आइतबार, कार्तिक १६ गते २०८३
images
images

कार्यालय भवनमा निजी विमान ठाेक्किँदा आठ जनाको मृत्यु

एक्सप्रेस पाना
आश्विन १८, २०७८ सोमबार
  • 256
    SHARES
  • कार्यालय भवनमा निजी विमान ठाेक्किँदा आठ जनाको मृत्यु

    एजेन्सी । उत्तरी इटालीमा एउटा निजी विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ । सारडिनिया टापुका लागि मिलानको लिनाटे विमानस्थलबाट उडेको विमान केही मिनेटमै एउटा कार्यलयको रित्तो भवनमा जोतिएको थियो । 

    images

    रोमानियाका धनाढ्य दान पेट्रेस्कुले विमान चलाएका थिए । दुर्घटनामा ६८ वर्षीय पेट्रेस्कुसहित उनकी पत्नी, छोरा र परिवारका अन्य सदस्यको मृत्यु भएको जनाइएको छ ।  

    दुर्घटनापछि कार्यलय र पार्किङ गरेर राखेका ट्याक्सी जलेका थिए । विमान भवनमा ठोकिनुअगाडि नै आगो लागेको केही साक्षीले बताएका छन् । ‘विमान ठूलो आवाजसहित भवनमा ठोकिएको थियो,’ एक स्थानीयले भने । 

    images