आइतबार, भाद्र २८ गते २०८३
images

डेंगी संक्रमणबाट झापा र तनहुँमा २ जनाको मृत्यु

एक्सप्रेस पाना
श्रावण २८, २०८१ सोमबार
  • 332
    SHARES
  • डेंगी संक्रमणबाट झापा र तनहुँमा २ जनाको मृत्यु

    काठमाडौं । झापा र तनहुँमा डेंगी संक्रमणबाट २ जनाको मृत्यु भएको छ। 

    images

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार डेंगी संक्रमणबाट  झापामा एक महिला र तनहुँमा एक पुरुषको मृत्यु भएको हो। 

    महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले केही दिनअघि डेंगी संक्रमणबाट झापामा ४० वर्षीया महिलाको मृत्यु भएको जानकारी दिए। त्यसअघि तनहुँको दमौलीका ५० वर्षीय पुरुषको पनि डंगी संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ।

    images

    गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय भन्दा धेरैमा डेंगी संक्रमण पुष्टि भइसकेको छ। नेपालका ७३ जिल्लामा डेंगी संक्रमण फैलिएको महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा मात्रै दुई सय ८७ जनामा डेंगी संक्रमण देखिएको छ।

  • सम्बन्धित विषय:

  • # डेंगी संक्रमण