मंगलबार, भाद्र २३ गते २०८३
images

महालक्ष्मी विकास बैंक र अरेत ईन्टरनेशनल प्रा.लि.बीच सम्झौता

एक्सप्रेस पाना
श्रावण २९, २०८१ मंगलबार
  • 354
    SHARES
  • महालक्ष्मी विकास बैंक र अरेत ईन्टरनेशनल प्रा.लि.बीच सम्झौता

    काठमाडौं । महालक्ष्मी विकास बैंक मार्फत टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता/डिलर अरेत ईन्टरनेशनल प्रा.लि. बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

    images

    सम्झौता अनुसार टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ । 

    कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर (QR) कोड स्क्यान गरेर  समेत आवेदन दिन सक्नेछन् । 

    images

    “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ । 

     

            

  • सम्बन्धित विषय:

  • # महालक्ष्मी विकास बैंक
  • # अरेत ईन्टरनेशनल
  • # सम्झौता