आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानन्यायाधीशले भने,सरकारसँग कोटा मागेको छैन

एक्सप्रेस पाना
आश्विन १८, २०७८ सोमबार
  • 277
    SHARES
  • प्रधानन्यायाधीशले भने,सरकारसँग कोटा मागेको छैन

    असोज १८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूले मन्त्रिमण्डलमा भाग नमागेको बताएका छन् ।

    images

    सर्वोच्च अदालत बार एशोसिएनसका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डल भागवण्डामा आफ्नो कुनै भूमिका नरहेको बताए ।

    प्रधानन्यायाधीशले भाग मागेपछि मन्त्रिमण्डल विस्तार हुन नसकेको समाचारहरु आएपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज विहान प्रधानन्यायाधीश जबरालाई भेटेका थिए । भेटमा मन्त्रिमण्डलमा भागवण्डाबारे जिज्ञासा राखेको अध्यक्ष शाक्यले बताए ।

    images

    'उहाँले मैले यस्तो काम गरेको छैन । अहिलेसम्म संविधान र न्यायापालिकाको मैले बचाउ नै गरेको हो । यसमा असर पर्ने कामहरु गरेको छैन । मन्त्रिमण्डलमा को राख्ने नराख्ने प्रधानमन्त्रीको जिम्मेवारीको कुरा हो । मेरो कुनै भूमिका हुँदैन । मैले केही भनेको पनि छैन,' प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै शाक्यले भने ।

    आफूहरुले त्यहीँ किसिमको स्टेटमेन्ट आउनुपर्ने सुझाव दिएको शाक्यले बताए । 'औपचारिक वक्तव्य आएपछि हामी थप अगाडि बढ्छौं,' उनले भने ।