आइतबार, कार्तिक १६ गते २०८३
images
images

घट्यो पेट्रोलियम पदार्थको मुल्य

एक्सप्रेस पाना
श्रावण ३२, २०८१ शुक्रबार
  • 233
    SHARES
  • घट्यो पेट्रोलियम पदार्थको मुल्य

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

    images

    निगमको विहिबार बसेको संचालक समितिको वैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मुल्य बिहिबार राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

    निगमले भारतबाट आएको नयाँ मुल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ ।

    images

    नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।

    Oil(4).jpg

  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थ