शनिबार, भाद्र २७ गते २०८३
images

देशभर ५५ जनामा हैजा संक्रमण पुष्टि,ललितपुरमा मात्र ४१ जना संक्रमित

एक्सप्रेस पाना
भाद्र २, २०८१ आइतबार
  • 259
    SHARES
  • देशभर ५५ जनामा हैजा संक्रमण पुष्टि,ललितपुरमा मात्र ४१ जना संक्रमित

    काठमाडौं । देशभर हैजा संक्रमित संख्या ५५ जना पुगेको छ ।

    images

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाका अनुसार विभिन्न जिल्लामा थप ५ जना संक्रमित थपिएसँगै देशभर हैजा संक्रमित संख्या ५५ पुगेको हो । ललितपुरमा मात्र ४१ जना हैजा संक्रमित छन् ।

    यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा ४ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको  नियन्त्रण महाशाखाले जनाएको छ । 

    images

    पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # हैजा संक्रमण