आइतबार, भाद्र २८ गते २०८३
images

देशभर ३ हजार ७५५ जनामा डेंगु संक्रमण

एक्सप्रेस पाना
भाद्र २, २०८१ आइतबार
  • 255
    SHARES
  • देशभर ३ हजार ७५५ जनामा डेंगु संक्रमण

    काठमाडौं । नेपालमा थप ४१६ जना डेंगु संक्रमित थपिएका छन् । 

    images

    देशभर संक्रमितको संख्या ३ हजार ७५५ पुगेछ । साउन २८ मा ३ हजार ३३९ जनामा डेंगु संक्रमित देखिएको थियो भने गत वर्षको माघ मध्ययता ३ हजार ७५५ जनामा डेंगु संक्रमित देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाले जनाएको छ ।

    सो अवाधिमा २ जना डेंगु संक्रमितको मृत्यु भइसकेको छ । 

    images

    काठमाडौंमा ३५४, कास्कीमा २७४, झापामा १४७, चितवनमा १४५ र पर्वतमा १३६ जना संक्रमित भएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ । 

    ७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । तनहुँमा सबैभन्दा बढी ७१५ जनामा डेंगु संक्रमित देखिएको छ । 

  • सम्बन्धित विषय:

  • # डेंगु संक्रमण