काठमाडौं । नेपालमा हैजा सङ्क्रमितको संख्या ५८ जना पुगेको छ ।
विभिन्न जिल्लामा सङ्क्रमित थपिएसँगै देशभर हैजा सङ्क्रमित संख्या ५८ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाले जनाएको छ ।
महाशाखाका अनुसार ललितपुरमा मात्र ४१ जना हैजा सङ्क्रमित छन् । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा ७ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । हैजा सङ्क्रमित ५८ जनामध्ये ५६ जना निको भईसकेका छन् ।
पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम भएकाले खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।


