काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, युरो पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो थोरै घटेको अमेरिकी डलरको मूल्य आज फेरि बढेको हो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६४ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ २९ पैसा र बिक्रीदर ९० रुपैयाँ ६९ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४४० रुपैयाँ २८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ५८ पैसा थियो।



