आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रहरी समायोजन समस्या समाधानका लागि नयाँ कानुन बनाउँदै छौ: गृहमन्त्री लेखक

एक्सप्रेस पाना
भाद्र ६, २०८१ बिहीबार
  • 297
    SHARES
  • प्रहरी समायोजन समस्या समाधानका लागि नयाँ कानुन बनाउँदै छौ: गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघिय प्रहरी कानुन संसोधन हुने गरि नयाँ कानुननै बनाउन लागिएको बताएका छन् ।  

    images

    बिहिबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग  कुराकानी गर्दै गृहमन्त्री लेखकले नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरि अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमती पछि संसदमा पेश हुने बताएका हुन् । 

    प्रहरी सम्बन्धी संघिय ऐनमा संसोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरु धमाधम हुने उनको भनाई छ । 

    images

    उनले राजनितिक स्थितरता, आर्थिक गतिविधी बढाउन, संघिय लोकतान्त्रिक व्यवस्था र समावेशिता सहितको संविधान र विधी बचाउन तथा सार्थक बनाउन वर्तमात सरकार अगाडि बढिरहेको र त्यसै अनुसारको कार्यसम्पादन भइरहेको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री रमेश लेखक