काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य नहुने बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद कुनै पनि हालतमा मान्य हुने बताएका हुन् ।
उनले युवाहरूले भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने भन्दै सामाजिक सञ्जालमा भिडियो बनाइएको र आफूलाई फोन आएको समेत बताए ।
लामिछानेले भने,“सामाजिक सञ्जालमा एउटा भिडिओ बनेको रहेछस जहाँ युवाहरूले चिन्ता व्यक्त गरेका रहेछन् कि भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद लगाउन खोजिएको छ। त्यसमा सचेत हुनुहोला भनिएको रहेछ। म ती सचेत युवालाई धन्यवाद दिन चाहन्छु। जसले निरन्तर फोन गरिरहेका छन्,’ भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुने छैन । नो इफ नो बट, हाम्रो कुरा क्लियरकट । ”
उनले नीतिगत भ्रष्टाचारको परिभाषा पनि स्पष्ट हुनुपर्ने बताए ।


