काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ। हिजो बढेको अमेरिकी डलरको मूल्य आज थप बढेको हो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४९ रुपैयाँ २७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ २४ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५४ पैसा निर्धारण भएको छ।
आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २८ पैसा निर्धारण भएको छ।



