मंगलबार, भाद्र २३ गते २०८३
images

महालक्ष्मी विकास बैंक ‘आईएसओ ९००१:२०१५’ बाट प्रमाणित

एक्सप्रेस पाना
भाद्र ७, २०८१ शुक्रबार
  • 229
    SHARES
  • महालक्ष्मी विकास बैंक ‘आईएसओ ९००१:२०१५’ बाट प्रमाणित

    काठमाडौं । महालक्ष्मी विकास बैंक अब अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ‘आईएसओ ९००१: २०१५’ बाट प्रमाणित कम्पनी बनेको छ ।

    images

    गुणस्तर व्यवस्थापन प्रणाली क्वालिटी म्यानेजमेन्ट सिस्टममा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न सक्षम भएपछि बैंक यही साउन ३२ गतेदेखि प्रमाणित बनेको हो ।

    बैंकले डेभलपमेन्ट बैंकिङ गतिविधि सम्बन्धी मापदण्ड अन्तर्गत यस्तो अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र प्राप्त गर्ने महालक्ष्मी विकास बैंक नेपालकै अग्रणी विकास बैंक बनेको छ ।

    images

    अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बलियो गुणस्तर ब्यवस्थापन प्रणाली कायम गर्नुका साथै उत्कृष्ट सेवा प्रदान गर्नसक्ने, ग्राहक सन्तुष्टि सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न सक्छन् ।

    यस प्रमाणपत्रका लागि अमेरिकास्थित रोयल इम्प्याक्ट सर्टिफिकेसनले यस बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट गरेको थियो ।

    “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहक छन् ।

  • सम्बन्धित विषय:

  • # महालक्ष्मी विकास बैंक