काठमाडौं । देशभर ६७ जनामा हैजा सङ्क्रमण देखिएको छ ।
ललितपुरमा मात्र ४७ जनामा सङ्क्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा ९ जना, प्युठान २ जना र मकवानपुर १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ ।
पानीकै कारण खानेकुरा दूषित हुने भएकाले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।


