आइतबार, कार्तिक १६ गते २०८३
images
images

अहिलेको सबै खेल सत्ताकै लागि : अध्यक्ष ठाकुर

एक्सप्रेस पाना
आश्विन १८, २०७८ सोमबार
  • 254
    SHARES
  • अहिलेको सबै खेल सत्ताकै लागि : अध्यक्ष ठाकुर

    असोज १८ सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सबै खेल सत्ताकै लागि भइरहेको बताएका छन्।

    images

    सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा ठाकुरले आफूरु सरकारमा जानुभन्दा पनि मधेश मुद्दा सम्बोधन होस् भन्न चाहेको बताए । 

    लोसपाका पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम जसपाले गरिरहेको आरोप लगाए । आगामी निर्वाचनमा जसपासँग गठबन्धन नहुने उनको भनाइ छ । 

    images

    ´हामीले एकता गरेर बलियो पार्न खोज्यौं । उपेन्द्रजीले निर्वाचन आयोगमा गएर फुटाएको आरोप लगाए । आगामी चुनावमा जनता समाजवादी पार्टी (जसपा) सँग कुनैपनि हालतमा गठबन्धन गर्दैनौं,' उनले भने । 

    यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीच गठबन्धन भएको थियो ।

    वरिष्ठ नेता महतोले जसपाबाहेकको अन्य लोकतान्त्रिक पार्टीसँग तालमेल हुन सक्ने बताए ।