काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ आजदेखी सुरु भएको छ ।
काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको प्रदर्शनी मेलाको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका हुन्।
भदौ १६ गतेसम्म चल्ने सवारीसाधन प्रदर्शनी मेलामा २४ चार–पाङ्ग्रे ब्रान्डहरू, १९ दुई–पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिएका छन् भने ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् र ७ वित्तीय संस्थाहरूले वित्तीय समाधानहरू प्रदान गर्नेछन्। समग्रमा शोमा ९५ प्रदर्शकहरूले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गरिएको छ ।


कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन (नाडा)का अध्यक्ष करण चौधरीले नाडा अटो सोलाई व्यवसायीहरूले दसैँको रूपमा लिने बताए ।
त्यस्तै सोको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले अध्ययन गरेर मात्रै विद्युतीय गाडीका नीति परिवर्तन गर्ने बताएका छन्। उनले व्यवसायी नै ट्रेडिङबाट उद्योगतर्फ जान खोजे सरकारले सहजीकरण गर्ने बताए।


