आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेस सभापतिका दाबेदार विमलेन्द्र, प्रकाशमान र शशांकबीच छलफल

एक्सप्रेस पाना
आश्विन १८, २०७८ सोमबार
  • 394
    SHARES
  • कांग्रेस सभापतिका दाबेदार विमलेन्द्र, प्रकाशमान र शशांकबीच छलफल

    असोज १८ काठमाडौं । नेपाली कांग्रेसको सभापतिका दाबेदार तीन नेताबीच भेटवार्ता भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच सोमबार भेट भएको हो ।

    images

    निधि निवास बानेश्वरमा तीन नेताबीच महाधिवेशन र सभापति पदमा उम्मेदवारीबारे गम्भीर छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले जानकारी दिए ।

    पछिल्लो समय तीन नेताबीच भेटघाट बाक्लिएको छ । निधिले औपचारिक रुपमै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने प्रकाशमान र शंशाक पनि सभापतिमा उठ्ने तयारीमा छन् ।

    images

    तीनै नेताले एक अर्कालाई सहयोग गर्न आग्रह गर्दै आएका छन् ।