आइतबार, भाद्र २८ गते २०८३
images

शरिरमा भिटामिन डि को कमी भएमा देखिन्छन् यस्ता लक्षण हरु

एक्सप्रेस पाना
भाद्र १२, २०८१ बुधबार
  • 329
    SHARES
  • शरिरमा भिटामिन डि को कमी भएमा देखिन्छन् यस्ता लक्षण हरु

    काठमाडौं । मानव शरिरको लागि स्वस्थ्य रहन विभिन्न किसिमका भिटामिन तथा पौष्टिक तत्वहरु आवश्यक पर्दछ । हामूो शरीरलाई अत्यावस्यक पर्ने भिटामिनहरु मध्ये एक हो भिटामिन डि । भिटामिन डि ले हाम्रो शरीरमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ । 

    images

    भिटामिन डि को मुख्य स्रोत  भनेको सूर्यको किरण नै हो। सूर्यको किरणमा भएको अल्ट्रा भायोलेट किरणको मद्धतले हाम्रो छालाले भिटामिन डि बनाउँछ। यसको अर्को स्रोत भनेको माछा, अण्डा, दूध , च्याउ, कोड लिवर तेल आदि खानेकुरा  हुन्। 

    बदलिदो समयसँगै पछिल्लो समय घाममा बस्न मन नपराउने वा व्यस्तताले नभ्याउने जमात बढ्दै गएको छ । साथसाथै बजारमा छ्याप छ्याप्ती पाइने रेडिमेड  न्युन पोषकतत्व भएका खानेकुरा खाने बानीले भिटामिन डिको कमी हुनेको संख्या बढ्दै गइरहेको छ। नेपालमा भिटामिन डिको कमि र त्यसको जोखिमसँग सम्बन्धित देशव्यापी आधिकारिक अनुसन्धान हुन बाँकि नै छ।

    images

    भिटामिन डि ले के गर्छ ? 
    भिटामिन डिको मुख्य भूमिका भनेको हाम्रो शरीरमा क्याल्सियम र फोस्फोरसको सन्तुलन मिलाउने र हाम्रो हड्डीलाई मजबूत बनाउने गर्दछ ।  अनुसन्धानहरुबाट भिटामिन डिको सम्बन्ध अरु विभिन्न समस्या जस्तैः रोग प्रतिरोधात्मक शक्ति, मोटोपन, सुगर, मुटुरोग र केहि  क्यान्सरसँग पनि रहदै आएको जानकारहरु बताउछन् ।

    शरीरमा भिटामिन डीको कमीका लक्षण

    हड्डीमा दुखाइ महसुस हुनु

    मांसपेशी कमजोर महसुस हुनु

    थकान तथा कमजोरी महसुस हुनु

    आवश्यकभन्दा बढी निद्रा लाग्नु

    डिप्रेसनमा परेको महसुस हुनु

    शरीरको तुलनामा टाउकोबाट अत्यधिक पसिना आउनु

    बारम्बार रोगको संक्रमण हुनु

    सास फेर्न कठिनाइ महसुस हुनु

    भिटामिन डी कसरी प्राप्त गर्ने ?

    भिटामिन डी शरीरको विकासका लागि जरुरी भिटामिन हो । शरीरमा भिटामिन डीको कमी भएमा रिकेट्स रोग लाग्न सक्छ । घामको किरणमा बस्दा हाम्रो शरीरले भिटामिन डी पाउँछ । यो हाम्रो शरीरको लागि फाइदाजनक हुन सक्छ । विशेष खालका खानेकुराबाट पनि भिटामिन डी प्राप्त गर्न सक्छौँ । शरीरलाई विभिन्न प्रकारका रोगबाट बचाउन र भिटामिन डीको कमीलाई हटाउन आफ्नो नियमित आहारमा अन्डा, सुन्तला, दूध, च्याउ, दही आदि खानेकुराहरू समावेश गर्न सकिन्छ ।

  • सम्बन्धित विषय:

  • # भिटामिन डि