मंगलबार, भाद्र २३ गते २०८३
images

टुँडिखेलमा नाराबाजी गरेको अभियोगमा पक्राउ परेकालाई रिहा गर्न सांसद ढकालको माग

एक्सप्रेस पाना
भाद्र १२, २०८१ बुधबार
  • 277
    SHARES
  • टुँडिखेलमा नाराबाजी गरेको अभियोगमा पक्राउ परेकालाई रिहा गर्न सांसद ढकालको माग

    काठमाडौं । गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गरेको अभियोगमा पक्राउ परेकाको बिषयलाई संसदमा उठाइएको छ । 

    images

    बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गरेको अभियोगमा पक्राउ परेका युवाहरूलाई रिहा गर्न माग गरेका हुन् । 

    ढकालले गौरा पर्वमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरूले गरेको विरोधलाई अराजक शैली भनेर पक्राउ गर्नु गलत भएको बताउँदै युवाहरूको विरोधका बोली सरकारले सुन्नुपर्ने बताए ।

    images

    सांसद ढकालले भने, "स्वदेशमा अवसरबाट वञ्चित, रोजगारीबाट वञ्चित बनाइएका ती युवाहरूले सिंहदरबारभित्रका बेइमानहरूलाई खबरदारी गर्दैगर्दा यसरी समाउन पाइँदैन । ती युवाहरूको तत्काल रिहाको माग गर्न चाहन्छु । साथै विभिन्न जिल्लामा स्टाटस लेखेकै भरमा युवाहरूलाई समातिएको समाचार आएको छ । कमिलाको उड्ने बेलामा प्वाँख पलाउँछ । कमिलाको उड्ने बेलामा प्वाँख पलाएको जस्तो नहोस्।"

  • सम्बन्धित विषय:

  • # हरि ढकाल
  • # रास्वपा